सरकारले मंगलबार ल्याएको अध्यादेशविरुद्ध रुपन्देहीको बुटवलमा प्रदर्शन भएको छ ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले नेकपा एमाले विभाजन गर्ने उदेश्यले दल विभाजन सम्वन्धी अध्यादेश ल्याएको भन्दै प्रदर्शन गरेको हो ।
बुटवलमा आयोजना गरिएको अध्यादेश बिरुद्धको प्रदर्शनका क्रममा प्रहरी संघबीच झडप समेत भएको युवा संघ नेपाल बुटवल रुपन्देही सहसंयोजक बिकासजंग बस्नेतले बताए।
बस्नेतका अनुसार बुटवलको मिलन चोकबाट राँके जुलुस सहित निस्केको जुलुस राजमार्ग चौराह...