भाषण गर्न धकाउनु हुन्छ ? यसरी गर्नोस् भाषण

सार्वजनिक सभा, समारोहमा मञ्चमा गएर आफ्ना विचार प्रस्तुत गर्नु एउटा कला हो । प्रायः व्यक्ति साथीभाइसँग निर्धक्क बोल्न र गफ गर्न सके पनि मञ्चमा गएर भाषण दिन धकाउँछन् । त्यसको खास कारण भनेको भाषणकलासम्बन्धी ज्ञान र अभ्यासको कमीले हो । त्यस्ता धेरै व्यक्तित्वहरू भेटिन्छन्, जो भाषणका कारणसभासम्मेलनकै आकर्षण बन्छन् । तीमध्ये एक हुन्– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । उनको मन्तव्यबाट सभामा उपस्थित जो कोही मन्त्रमुग्ध हुन्छन् । जुन कुनै कार्यक्रममा भाषण गरे पनि भाइरल नै हुन्छन् । सभा सम्मेल

सम्बन्धित सामग्री

काँग्रेसको सर्कुलर : एक घन्टा भाषण, चार जनालाई मञ्चमा आसनग्रहण

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा नेताहरुलाई धेरै समयसम्म भाषण नगर्न सर्कुलर पठाएको छ। उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको चुनावी परिचालन समितिले टोलमा बढीमा एक घन्टा, पालिकास्तरमा दुई घन्टामा भाषण सक्नुपर्ने निर्देशन दिएको हो ।यस्तै काँग्रेसले विभिन्न उपसमिति गठन गरेर केन्द्रदेखि जिल्लामा प्रतिनिधि र सातै प्रदेशबाट पालिकास्तरमा प्रतिनिधि खटाउने निर्णय गरेको छ । काँग्रेसले चुनावी प्रचारका सभामा चार जनालाई मात्रै मञ्चमा आसन ग्रहण गराउने जनाएको छ ।  सभापति, प्रमुख अतिथि, ग

कांग्रेस महाधिवेशन– मलाई जिताइदिनुस् भन्दै ५ मिनेटमै टुंग्याए देउवाले भाषण

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाधिवेशन उद्घाटन समारोहमा एकदमै छोटो भाषण गरेका छन् । 'चिसोका कारण रामचन्द्रजी धेरै बोल्न सक्नुभएन, म पनि लामो भाषण गर्दिनँ' भन्दै मन्तव्य शुरू गरेका देउवाले आफूलाई महाधिवेशनमा जिताउन आग्रह गर्दै मन्तव्य टुंग्याए । 'कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ । कांग्रेसको सरकार रहिरह्यो भने केन्द्रको सरकार पनि कांग्रेसकै हुनेछ । त्यसकारण मलाई जिताइदिनुस् । डर त्रासबाट मुक्त सरकार ल्याएर छाडिन्छ,' भृकुटीमण्डपमा...

प्रचण्डको भाषण र नेताहरूको मनस्थितिको चित्रण

सत्ताको कुर्सीबाट ओर्लिएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहालका दुई अभिव्यक्ति फेसबूकमा सुनें । पढें पनि । छक्क परेंं म । यो सोच साँच्चिकै पुष्पकमल दाहालको हो ? पुष्पकमल दाहाल रोएको भनी, नकारात्मक चित्रण गरिएको त्यो भाषण उहाँको जीवनको सबैभन्दा राम्रो भाषण हो ।  ‘जनयुद्ध’को चर्चा गर्दा पटक–पटक उहाँ भक्कानिनु भयो । जसले बन्दुक उठाएको हुन्छ, त्यसलाई बन्दुकले दिने यातनाको पीडा बढी थाहा हुन्छ । आफ्ना छापामारहरूलाई शुरूदेखि नै श्रममा लगाउन पाएको भए आज हाम्रो पार्टी एक्लैले सरकार चलाउ...

भाषण

नजिकै बसेकी उनकी श्रीमतीलाई सही सक्नु भएन । उनी लोसेलोसे हुँदै आसन ग्रहण गरेको ठाउँबाट उठिन् अनि प्रमोदको कानमा खुसुक्क भनिन्, ‘बूढा ! कति जोडजोडले कराउनुभएको? बिस्तारै बोल्नु न।फेरि नयाँ घरमा चर्च खोलेको मान्छेले भाषण सुन्ला र चर्च अन्तै सार्ला नि !’...

कम्युनिष्ट शीर्ष नेताले एउटै मञ्चबाट भाषण गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा आलीबाहेक अन्य सबै शीर्ष नेताहरुले आज एउटै मञ्चबाट भाषण गर्ने भएका छन्। पुष्पलाल मित्रता केन्द्रले पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका सन्दर्भमा आज आयोजना गर्ने कार्यक्रममा सबै नेताले भाषण गर्ने भएका हुन्। माधव नेपाल,पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य किरणलगायतका नेताहरुले कम्युनिष्ट आन्दोलन र आगामी बाटोका विषयमा विचार राख्ने स्मृति प्रतिष्ठानका अध्यक्ष जगन्नाथ खतिवडाले बताए।

ओलीको भाषण रेकर्ड गरेर राख्नुहोला: माधव नेपाल

‘उहाँको भाषण रेकर्ड गरेर राख्नुहोला। राम्राराम्रा कुरा बोल्नुभएको होला। म पनि खोजिरहेको छु। भाषण ध्यान दिनुपर्ने रहेछ,’ नेता नेपालले भने, ‘बौलाह कुकुरले टोकेको छ भन्ने कुरामा ध्यान जाओस्।’

सिंहदरबारबाट अध्यादेशमार्फत बजेट भाषण (फोटो फिचर)

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष ०७८/७९ को बजेट भाषण गरेका छन्। अर्थमन्त्री पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट बजेट भाषण प्रस्तुत गरेका हुन्।सरकारले संसद्‌का दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, संसद्‌ विघटन भइसकेको अवस्थामा सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८र७९ का लागि वार्षिक बजेट घोषणा गरेको हो।अर्थमन्त्री पौडेलले बजेटको विनियोजन गर्नुअघि शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जा

कार्यकर्ताको हुटिङले केहीबेर रोकियो ओलीको भाषण

प्रधानमन्त्री एवं नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले दरबारमार्गमा आयोजित सभामा गरिरहेको भाषण कार्यकर्ताको हुटिङका कारण केहीबेर रोकिएको छ । ओलीले भाषण गर्दै गर्दा कार्यकर्ताहरूले ओलीको पक्षमा हुटिङ गरेपछि केहीबेर रोकिएको हो । भीड शान्त नभएपछि ओलीले शान्त रहन आग्रह नै गर्नुपरेको थियो । 'साथीहरू केहीबेर शान्त रहनुस्, मैले केही कुरा मात्र राख्न बाँकी छ...' ओलीले भनेका थिए । त्यसपछि हुटिङ केही मत्थर भयो अनि ओलीले भाषण अगाडि बढाए ।