ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० का वडाध्यक्ष उज्जन बुढाथोकी जनताको सेवासँगै बाख्रापालन व्यवसायमा रमाइरहेका छन् । जनप्रतिनिधिका रुपमा वडाध्यक्ष पदमा निर्वाचित भएसँगै बाख्रापालन थालेका बुढाथोकीले १५ लाख लगानी गरेर प्रशस्त मुनाफा लिइरहेका छन् ।
२६ वर्षीय वडाध्यक्ष बुढाथोकीको दैनिकी हो वडा कार्यालयमा बसेर जनताको सेवा गर्ने । उनको दैनिकी आजभोलि यतिमा मात्रै सीमित छैन ।