अलैँचीसँगै रमाउँदै पूर्व वडाध्यक्ष

बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीका नेत्रबहादुर बुढाथोकी

सम्बन्धित सामग्री

बंगुरसँग रमाउँदै वडाध्यक्ष सिंजाली

स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ।...

देउडा गाउँदै मनाइयो धानदिवस (फोटो फिचर)

डडेल्धुरा : डडेल्धुरामा देउडा लयमा गीत गाउँदै र धान रोप्दै १९औँ राष्ट्रिय धानदिवस मनाइएको छ। जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–३ डोटी घटाल (साउद गाउँ)मा किसानको खेतमा गएर कृषि ज्ञानकेन्द्र र अमरगढी नगरपालिकाले धान दिवस मनाइएको हो।धान रोप्ने वेला खेतका आलीमा देउडा लयमा गीत गाउँदै रमाउँदै धानदिवस मनाइएको अमरगढी नगरपालिका–३ का वडाध्यक्ष तीर्थ ऐरले बताए। ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा आज धानदिवस मनाइने गरिन्छ।दहीच्यूरा खाँदै देउडा लयमा गीत गाउँदै धानदिवस मनाइएको हो। वर

माछा पालनमा रमाउँदै वडाध्यक्ष

नागरिकका इच्छा चाहना आकांक्षा पूरा गर्न अध्यक्षको पदमा होमिएर विजय भएका वडाध्यक्ष हुन् कञ्चनपुरको बेलौरी नगरपालिका ४ का अर्जुन ढकाल ।नागरिकको सेवा प्रवाहसँगै अध्यक्ष ढकाल माछा पालनमा पनि सक्रिय छन् । साँझ बिहान आफ्नो व्यवसाय हेरविचार गर्ने उनी कार्यालयको समयमा भने जनताको काममा व्यस्त देखिन्छन् । झण्डै २ वर्षदेखि माछा पालन गर्दै आएका उनी पछिल्लो […]

मकै छाडेर सूर्यमुखी खेतीमा पाल्पाका कृषकको आकर्षण

असार ३, पाल्पा । कुनै समय घरआँगनका डिल, वरपर, करेसाबारी, बगैंचामा, सोख र सुन्दरताका लागि मात्रै लगाइने सूर्यमुखी फूल अहिले भने किसानको खेती भएको छ । यसलाई कृषकले व्यावसायीकरण गर्ने गरेका छन् । त्यसैले अहिले घरआँगनमा गमलामा देखिने सूर्यमुखी फूल अब आम्दानीको माध्यम बनेको छ । पाल्पाका कृषकले सूर्यमुखीको खेती नै थालेका छन् ।            मकै बालीको तुलनामा कम लगानी, मेहनत तर आम्दानीका हिसाबले दोब्बर बढी हुने भएपछि व्यावसायिकतामा पाल्पाली कृषकको मोह बढेको पाइएको छ । बजारमा तेलको मूल्यवृद्धि हुँदै गएको अवस्थामा यहाँका कृषकले आयआर्जनका निम्ति सूर्यमुखीलाई प्राथमिकता दिन थालेको पाइन्छ । रामपुर नगपालिका–५ बस्ने युवा बलबहादुर रानाको राम्रै मकै बाली उत्पादन हुने खेत यतिखेर सूर्यमुखी फूलले ढकमक्क छ । उनले घर वरपर फूलेको सूर्यमुखी देख्दा काममा काम गर्ने जाँगर बढेर आएको भन्दै अहिले खेतभरी जताततै सूर्यमुखी फूलेको बताए । अहिले उनको यो सूर्यमुखी खेतीमा हेर्न आउने, फूलको बास्नामाा रमाउने, फूलसँगै रमाउँदै तस्बिर खिच्ने र सामाजिक सञ्जालहरुमा फोटो पोष्ट गर्ने, टिकटक बनाउने, भिडियो बनाउनेको निकै चहलपहल देखिन्छ । यहाँ फुल्दै गरेको सूर्यमुखीसँग बालबालिकादेखि युवायुवती, वृद्धवृद्धाहरू सबै उमेर समूहका व्यक्ति फूलसँग रमाउँदै फोटो खिचाउने र सामाजिक सञ्जालमा छरपस्ट राख्नेको होडबाजी नै छ । रामपुरको मुख्य व्यापारिक केन्द्र बेझाड बजार जाने सडक छेउछाउमा फूलेको सूर्यमुखीको लोभलाग्दो दृश्य देखेपछि सवारी साधनमा यात्रा गर्ने यात्रु पनि एकछिन गाडी रोकेर फोटो खिचाएर मात्रै जाने गर्दछन् ।            अहिले यहाँ दैनिक ३०० भन्दा बढीको हाराहारीमा फूलमा आएर फोटो खिचाउने, टिकटक बनाउने, भिडियो बनाउने गरेको कृषक प्रभु श्रेष्ठ बताउँछन् ।  उनले मकै बालीको उत्पादन लिंदै आएको पाँच रोपनी खेतमा यस वर्ष मकै बाली लगाउन छाडेर सूर्यमुखी लगाएका छन् । कृषि ज्ञान केन्द्रको ६ लाख रुपैयाँ आर्थिक सहयोगमा रामपुर नगरपालिकाको समन्वयमा एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत वडा नं ५ को बेझाड खेतमा करीब २०० रोपनी क्षेत्रफलमा सूर्यमुखी लगाइएको छ । यी जग्गा पहिला भने यतिखेर मकैले भरिएका हुन्थे ।            आम्दानी लिन र तेलजन्य पदार्थको उपभोगका लागि कृषकले सूर्यमुखीलाई व्यावसायीकरण गरेका हुन् । अनुदानमा बीउ तथा सिंचाइका लागि कुलो मर्मत तथा पुनःनिर्माणमा सहयोग पाएपछि उत्साहका साथ कृषक सूर्यमुखी खेतीमा लागेका छन् । प्रतिरोपनी चार मुरी मकै उत्पादन हुने खेतमा अहिले पहेंलै सूर्यमुखी फुल्दा मनका पिरहरु खुशीमा परिणत भएको कृष्णकान्त पौडेल बताउँछन्।        तेलजज्य पदार्थको खपत कम गराउन र मकै बालीको तुलनामा यसबाटै धेरै आम्दानी लिन सकिने, मेहनत र लगानी पनि कम पर्ने भएकाले सूर्यमुखी खेतीलाई व्यावसायिकरूपमा रोजेको कृषक दुर्गादेवी शर्मा बताउँछिन् । मकै बालीको तुलनामा सूर्यमुखीबाट धेरै आम्दानी लिन पाइने, लगानी र मेहनत कम पर्ने, स्वच्छ तेल उपभोग गर्न पाइने भएपछि उनीहरु  व्यावसायिक तवरले नै यस खेतितर्फ आकर्षित भएका हुन् ।        रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले परीक्षणका रूपमा लगाइएको सूर्यमुखी सोचेभन्दा राम्रो भएको बताउँदै कृषकले यसलाई निरन्तरता दिन सकेमा बाहिरबाट आउने तेलहन बाली कम गर्न सकिने बताउँछन् । रामपुरमा तेलजन्य पदार्थको उत्पादन बढाउन वडा नं ५ ले कोइलीटारीमा तोरी खेती र बेझाड खेतमा पकेट कार्यक्रमअन्तर्गत सूर्यमुखी खेती शुरु गरेको वडाध्यक्ष हिमाल मल्लले बताए ।            कृषि ज्ञानकेन्द्र पाल्पाले यस आर्थिक वर्षमा रामपुरको बेझाड खेतलाई सूर्यमुखीको उपयुक्त पकेट क्षेत्रका रुपमा छनोट गरी खेती शुरु गरेको हो । ज्ञानकेन्द्रका अनुसार केन्द्र सरकारको बजेट र कार्यक्रमलाई स्थानीय सरकारको समन्वयमा रामपुरमा सूर्यमुखीको सम्भावना देखेर पकेट कार्यक्रम शुरु गरिएको छ ।            दाना झार्न अप्ठ्यारो हुने भएको हुदा त्यसको लागि कृषकले मेसिनको माग गरेको खण्डमा समाधानको पहल गर्ने कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउँछन्। कृषकले क्षेत्र विस्तार गर्न चाहेमा सूर्यमुखी खेतीमा ज्ञान केन्द्रले लगानी गर्ने उनको भनाइ छ ।      यस वर्ष रामपुर नगरपालिकासँगै निस्दी गाउँपालिका, रम्भा गाउँपालिका, पूर्वखोला, माथागढी गाउँपालिका लगायतका क्षेत्रमा सूर्यमुखी खेती गरिएको ज्ञान केन्द्रले बताएको छ ।  एक बालीबाट तेब्बर उब्जनी लिन सकिने हुँदा पनि यस क्षेत्रमा कृषकको आकर्षण यसमा बढेको छ । सूर्यमुखी फूलको उत्पादित बियाँबाट तेल उत्पादन गरी मनग्य आम्दानी लिन सकिन्छ भने डाँठलाई दाउराका लागि प्रयोग गर्न सकिन्छ ।            सूर्यमुखी फूललाई बाह्रै महिना फूलाउन सकिन्छ । फूलका कारण मौरीलाई चरन हुने र अर्कातर्फ बियाँबाट तेल आउने भएकाले व्यावसायिकतातर्फ कृषक लागेका हुन् । खेतबारी जहाँ पानी जाँदैन त्यहाँ यसको खेती गर्न सकिने र बाह्रै महीना फूल फुल्ने भएकाले यसको आम्दानी पनि राम्रै लिन सकिने अनुभव यहाँका किसानको छ । यहाँ अरु किसानले पनि मकै छाडेर सूर्यमुखी फूलको खेती गर्ने सोच बनाएका छन् ।  रासस

बाख्रापालनमा रमाउँदै वडाध्यक्ष

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० का वडाध्यक्ष उज्जन बुढाथोकी जनताको सेवासँगै बाख्रापालन व्यवसायमा रमाइरहेका छन् । जनप्रतिनिधिका रुपमा वडाध्यक्ष पदमा निर्वाचित भएसँगै बाख्रापालन थालेका बुढाथोकीले १५ लाख लगानी गरेर प्रशस्त मुनाफा लिइरहेका छन् । २६ वर्षीय वडाध्यक्ष बुढाथोकीको दैनिकी हो वडा कार्यालयमा बसेर जनताको सेवा गर्ने । उनको दैनिकी आजभोलि यतिमा मात्रै सीमित छैन ।

फूल खेतीमा रमाउँदै वडाध्यक्ष

जनताको कामको अलवा आफ्नो बारीमा बेमौसमी फूलखेती गरी व्यावसायिक कृषकको समेत परिचय बनाएपछि हेटौंडा–१२ नम्बर वडाका वडाध्यक्ष ललित घलानले धेरैको प्रशंसा बटुलेका छन् । फूलखेतीबाट उनले मनग्य आम्दानी पनि गरिरहेका छन् ।