निर्वाचनका लागि स्वदेश फर्किने नेपालीको जमुनाह नाकामा लर्को

रोजगारीलगायत अन्य विभिन्न कामका लागि भारत गएका नेपाली स्थानीय तहको निर्वाचनका लागि स्वदेश फर्किन थालेका छन् । स्थानीय तहको निर्वाचनको मिति नजिजिँदै गर्दा ठूल्ठूला भारतीय सहरमा रोजगारीका लागि गएका नेपाली अहिले जमुनाहा नाका हुँदै दैनिक सयौंको संख्यामा नेपाल भित्रिरहेको जमुनाहा प्रहरीले जनाएको छ । अहिले भारत जानेभन्दा फर्किने नेपालीको संख्या चार गुणाले बढेको जनाउँदै इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ सई मिनबहादुर विष्टले उनीहरुले निर्वाचनकै लागि फर्किएको जनाएको बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक हजार भन्दा बढी नेपालीहरु नेपालमा भित्रिन थालेका छन् । ‘भारतबाट फर्किने अधिकांश नेपालीले स्थानीय तह निर्वाचनमा सहभागी हुन स्वदेश फर्किएको बताउँछन्,’ उहाँले भन्नुभयो । अहिले भारत

सम्बन्धित सामग्री

उम्मेदवार चिल्लो गाडीमा मतदाता त्रिपालमुनि

निर्वाचनका बेला उम्मेदवार चिल्लो गाडीमा माइक जोडेर मीठामीठा चुनावी गीत बजाउँदै गाउँगाउँमा भोट माग्दै हिँडिरहेका बेला बैतडीका केही मतदाता त्रिपालमुनि रात बिताउँदै आइरहेका छन्। बैतडीको दुर्गम सिगास गाउँपालिकाका–९ का कैलाश धामीले भारतमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आउनुभएको छ। गाउँमा बस्ने घर नहुँदा उहाँ परिवारसहित भारतको पिथौरागढमा लामो समय ज्याला मजदुरी गरेर बस्नुभयो। भारतमै तीन छोराछोरी जन्मे। कोरोनापछि स्वदेश फर्किनुभएका उहाँसँग बस्ने घर नहुँदा त्रिपालमुनि रात बिताउँदै आइरहनुभएको छ।

कांग्रेसले यस वर्ष चियापान नगर्ने

काठमाडौं :  नेपाली कांग्रेसले बडादशैँ, शुभ दीपावली र छठलगायत पर्वका अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यसपटक नहुने भएको छ। विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा थियो।यस वर्ष आगामी मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि कोजाग्रत पूर

नाका बन्द हुँदा पनि स्वदेश फर्कंदै मतदाता

त्रिनगर : फर्कनेलाई अनुमति, जान प्रतिबन्ध निर्वाचनका लागि देशका अन्य नाकासँगै सुदूरपश्चिमको प्रमुख नाका

भारतमा रहेका नेपाली मतदानका लागि फर्किए

टीकापुर । शुक्रवार हुन लागेको स्थानीय तह निर्वाचनका लागि मतदान गर्न भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । स्थानीय तहमा आफ्नो जनप्रतिनिधि छनोटका लागि मताधिकार प्रयोग गर्न रोजगारीका सिलसिलामा भारतमा रहेका नेपालीहरू स्वदेश फर्कन थालेका हुन् । आफ्नो पालिकाको नेतृत्व छान्न स्वदेश आउनु पर्‍यो भनेर  छिमेकीले खबर गरेपछि आफ्नो सात जनाको परिवार स्वदेश फर्किएको जानकी गाउँपालिकाका विकास धामीले बताए ।  ‘आफ्नो मताधिकार प्रयोग गर्न भारतमा रहेका अन्य नेपाली पनि घर फर्केका छन्, हामी १५ दिनको बिदा मिलाएर आएका हौं,’ उनले भने, ‘निर्वाचनमा छिमेकी उठेका छन् । उनलाई मतदान गर्न आउनुपर्‍यो भनी बोलाएपछि हामी आयौं ।’ स्वदेश फर्कनेहरू मतदान गर्ने अधिकार प्रयोग गर्न र सक्षम नेतृत्व चयनका लागि आएको बताउँछन् । कैलालीको जानकी गाउँपालिकाकी कमला न्यौपाने दम्पती पनि स्थानीय तहको निर्वाचनमा मतदान गर्नकै लागि स्वदेश फर्किएका छन् । न्यौपाने मतदान सकिएपछि भारत फर्कने बताउँछिन् । ‘हामीले निर्वाचन हुँदै छ भन्ने कुरा समाचारमा थाहा पायौं,’ उनले भनिन्, ‘आफन्तसँग पनि फोनमा कुराकानी भइरहन्थ्यो ।’ मतदान गर्नु नागरिकको अधिकार भएकाले असल नेतृत्व छनोट गर्ने अधिकार सुनिश्चित गर्नका लागि प्रवासमा रहेका नेपाली धमाधम स्वदेश फर्किन थालेका हुन् । भारतको महाराष्ट्रबाट लम्की चुहा प्रतापपुरका सुरेश विकको ९ जनाको परिवार पनि स्वदेश फर्किएको छ । ‘हामी दाइभाइ र हाम्रा परिवार गरी नौ जना छौं, नौ जनाले नै मतदान गर्न पाउँछौं,’ विकले भने, ‘आफन्तसँग भेटघाट पनि हुन्छ । निर्वाचनमा पनि सहभागी हुन्छौं ।’ वैशाख महिनायता भारतबाट फर्कने ४०० जना भन्दा बढीले सीमामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराएका छन् । पछिल्लो एक सातायता सङ्ख्या अझै बढेको छ । नेपाल फर्कने अधिकांश व्यक्ति मतदान गर्नकै लागि आउने गरेको टीकापुर ९ स्थित सीमामा रहेको स्वास्थ्य सहायता कक्षमा कार्यरत स्वास्थ्यकर्मी मकेन्द्र रोकायाले बताए । ‘हिजोआज फर्कने अधिकांश मतदान गर्नकै लागि आएको भन्छन्, एक सातादेखि सङ्ख्या बढिरहेको छ,’ उनले भने, ‘चालू आर्थिक वर्षको अहिलेसम्म चार हजार ६९८ जना भारतबाट फर्कनेले सेवा लिएका छन् । हेल्थ डेस्कमा स्वास्थ्यमा समस्या भएकाहरूले सेवा लिन्छन् ।’ कैलालीमा निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालीम दिई मतदान सामग्री हस्तान्तरण गरिएको बताए । रासस

भारतमा संक्रमण बढ्यो

काठमाडौं । छिमेकी मुलुक भारतमा नयाँ भेरिएन्ट ‘बीए २.१२’ केही दिनयता बढेसँगै नेपालमा पनि संक्रमणको जोखिम बढ्ने सम्भावना देखिएको छ । स्वास्थ्य सेवा विभागका अनुसार चुनावको समयमा भारतमा बस्ने नेपाली आउने भएकाले संक्रमणको जोखिम बढी देखिएको छ । निर्वाचनका लागि स्वदेश फर्कनेहरूबाट बढी जोखिम विभागले नेपालमा केही दिनयता संक्रमण बढेको आशंकमा अनुसन्धान सुरु गरिसकेको छ […] The post भारतमा संक्रमण बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

मतदान गर्न भारतमा रहेका नेपाली फर्किए

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । स्थानीय तहको नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्न रोजगारीका सिलसिलामा भारतमा काम गर्न गएका नेपालीहरु स्वदेश फर्कन थालेका हुन् । निर्वाचनको मिति नजिकिँदै जाँदा आफ्नो पालिकाको नेतृत्व छान्न स्वदेश आउनु प¥यो भनी छिमेकीले खबर गरेपछि …

नाकामा रोकिएका १३० जना नेपाली स्वदेश फर्किए

तीन दिनदेखि बन्द रहेको पश्चिमी सीमा झुलाघाट नाका खुलेपछि नाका रोकिएका १३० जना नेपाली स्वदेश भित्रिएका छन् । भारतको उत्तराखण्ड राज्यमा भएको विधानसभा निर्वाचनका लागि नेपाल–भारत जोड्ने झुलाघाट नाका माघ २८ गते बेलुकी ५ः०० बजेदेखि फागुन ३ गते बिहान ७ः०० बजेसम्म बन्द गरिएको थियो ।