एस्टोनियाको पोस्टमा मेसीको पाँच गोल

अर्जेन्टिनाले मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेलमा एस्टोनियामाथि प्रभावशाली जित निकालेको छ। अर्जेन्टिनाको रवाफिलो जितमा लियोनेल मेसी एक्लैले पाँच गोल गरे। एस्टोनियाविरुद्ध  ५–० को जित दर्ता गर्दै अर्जेन्टिनाले ३३ खेलसम्म अपराजित यात्रा जारी राखेको छ।तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी एस्टोनियाविरुद्ध स्पेनमा आइतबार राति भएको खेलमा अर्जेन्टिनाका लागि मेसीले ४७ मिनेटभित्रै ह्याट्रिक पूरा गरे। त्यसपछि पनि मेसीले गोल वर्षा जारी राख्दै ५–० को जित निकाले। मेसी क्लब फुटबल र अन्तर्र

सम्बन्धित सामग्री

गोल किकबाटै गोलकिपरले गोल गर्दा विपक्षी परे ट्वाँ!

गत आइतवार चिलियन प्रमियर डिभिजन अन्तर्गत कोब्रेसल र कोलो कोलो क्लबबिच प्रतिस्पर्धा थियो। सो खेल कोब्रेसलले ३-१ गोल अन्तरले जितेको थियो। अहिले सो जित दिलाउन अन्तिम गोल भएको भिडियो भाइरल भइरहेको छ। कोब्रेसलका लागि खेलको ८ औं मिनेटमा गुलेरमो अलफोन्सोले गोल गरेका थिए भने ३४ मिनेटमा सिसेलियो वाटरम्यानले गोल गरेका…

एमबाप्पेले गरे २ गोल, कुल गोल संख्यामा मेस्सीलाई उछिने, खेल बराबरीमा

फ्रान्सका केलियन एमबाप्पले २ गोल गर्दै अर्जेन्टिनासँगको खेल बराबरीमा ल्याएका छन् भने कुल गोल संख्यामा मेस्सीलाई उछिनेका छन् । मेस्सीले कुल ६ गोल गरेकोमा एमबाप्पलेले ७ गोल गरेका छन् । पहिलो गोल पेनाल्टीमार्फत गरेका एमबाप्पेले लगत्तै दोश्रो गोल गरेका हुन् । अहिलेसम्म विश्वकपको एउटै सिजनमा सबैभन्दा धेरै गोल भने ब्राजिलका रोनाल्डोले गरेका थिए । उनले […]

विश्वकपमा क्यानडाको पहिलो गोल, ६८ सेकेण्डमै डेभिसले गोल गरे

काठमाडौं । क्यानडाले फिफा विश्वकप फुटबलमा आफ्नो पहिलो गोल गरेको छ । कतारमा जारी विश्वकप अन्तर्गत आइतबार क्रोएसिया विरुद्धको खेलको सुरुमै क्यानडाले गोल गर्दै अग्रता लिएको हो । अल्फोन्सो डेभिसले खेल सुरु भएको ६८ सेकेण्डमै गोल गर्दै क्यानडालाई अग्रता दिलाएका छन् । यो गोल जारी विश्वकपकै सबैभन्दा छिटो गोल हो । दोस्रो पटक विश्वकप खेलिरहेको […]

कोष्टारिकाविरुद्ध स्पेनको दुई गोल

समूह ई अन्तर्गत बुधबार जारी खेलमा स्पेनले कोष्टारिकाविरुद्ध दुई गोल गरेको छ । पहिलो हाफको खेल चलिरहँदा स्पेनले दुई गोल गरेको हो । खेलको ११ औं मिनेटमा डानी ओल्मोले पहिलो गोल गरे भने २१ औं मिनेटमा मार्कोले अर्को गोल थपे । खेलमा कोष्टारिकासँग दबाबमा खेलिरहेको स्पेनको बल पोजिसन ८५ प्रतिशत रहेको छ ।

एनर भ्यालेन्सियाको दोस्रो गोल

एनर भ्यालेन्सियाले कतारविरुद्ध दोस्रो गोल गरेका छन् । ३१ औँ मिनेटमा उनले गोल गरेका हुन् ।यसअघि उनैको गोलको मद्दतले इक्वेडरले आयोजक कतारविरुद्ध एक गोलको अग्रता लिएको थियो । खेलको १६ औँ मिनेटमा भ्यालेन्सियाले पेनाल्टीबाट गोल गरेका थिए । यसअघि खेलको दोस्रो मिनेटमा भ्यालेन्सियाले गोल गरे पनि त्यसलाई भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेको थियो ।

बायर्नको गोल वर्षा

साडियो मानेको दुई गोल प्रेतिर बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा भिएफएल बोचुमबिरुद्द ७–० को फराकिलो जित निकालेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा आइतबार राति साडियो मानेले दुई गोल गरे भने ।  लिरोए साने, म्याथिज डि लिग्ट, किङ्सले कोमान र सर्जी जिनाब्रीले एक एक गोल गरे । पहिलो हाफमा ४ गोल गरेको बायर्नले दोस्रो हाफमा थप तीन गोल गर्‍याे । जितसँगै बायर्न ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा छ । बोचुम अंकविहीन हुँदै रेलिगेशन क्षेत्रमा छ ।

पीएसजीमा रामोसको पहिलो गोल

डिफेण्डर सर्जियो रामोसले फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पीएसजी) मा पहिलो गोल गरेका छन् ।  आइतबार राति घरेलु मैदानमा भएको खेलमा रेइम्सबिरुद्द ४-० को जित निकाल्ने क्रममा रामोसले गोल गरेका हुन् । पीएसजीको जितमा  मार्को भेराट्टी, सर्जियो रामोस र डानिलो पेरेइराले १-१ गोल गर्दा रेइम्सले एक आत्माघाती गोल गर्‍याे । स्पेनिस डिफेन्डर यसै सिजन रियल मड्रिड छाडेर पीएसजी आएका हुन् । सुरुआती खेलमा इन्जुरीका कारण बाहिर रहेका उनले नयाँ क्लबमा पहिलो गोल गरेका हुन् । जितपछि पीएसजीले

नेपालद्वारा बराबरी गोल

काठमाडौं, २७ असोज । नेपालले बङ्गलादेशविरुद्ध बराबरी गोल गरेको छ । अञ्जन बिष्टले पेनाल्टीमार्फत् बराबरी गोल गरेका हुन् । साफ च्याम्पियनशिपमा नेपालले महत्वपूर्ण गोल गरेसँगै फाइनलमा पुग्ने देखिएको छ ।

भारतविरुद्ध नेपालको गोल

काठमाडौं, २० भदौ । भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले गोल गरेको छ । ८६औं मिनेटमा तेज तामाङले डि बक्सबाहिरबाट कडा प्रहार गरी गोल गरेका हुन् । २-० ले अगाडि रहेको भारतविरुद्ध नेपालले गोल गरी बराबरीको सम्भावनालाई बढाएको छ । यसअघि भारतका फारुक चौधरी र सुनिल क्षेत्रीले गोल गरिसकेका छन् ।

नेपालले अर्को गोल हान्यो, नवयुगले गरे गोल

विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत चाइनिज ताइपेइविरुद्ध जारी खेलमा नेपालले अर्को गोल गरेको छ । नेपालका खेलाडी नवयुग श्रेष्ठले खेलको ८१ औं मिनेटमा गोल गरेका हुन् । कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलमा पहिलो गोल भने अञ्जन विष्टले गरेका थिए ।  मिडफिल्डर सन्तोष तामाङले प्रहार गरेको फ्रिकिकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टी एरियामा ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । सोही अवसरलाईअञ्जनले गोल गरेका हुन् ।