फागुन १७, काठमाडौं । चालू आर्थिक वर्ष २०७८/ ७९ को सात महीनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ८१ अर्ब ३० करोड रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।
बीमा समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार १९ ओटा जीवन बीमा कम्पनीले उक्त रकम आर्जन गरेका हुन् । उक्त अवधिमा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । यो कम्पनीले चालू आवको सात महीनाको अवधिमा २१ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै बढी कुल बीमा शुल्क आर्जन गर्ने दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) रहेको छ । यो कम्पनीले उक्त अवधिमा ९ अर्ब ७५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै सञ्चालित जीवन बीमा कम्पनीहरुमध्ये सो अवधिमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा कम कुल बीमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले चालू आवको माघ महीनासम्ममा ८१ करोड ९३ लख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
कम कुल बीमा शुल्क आर्जन गर्ने दोस्रोमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले उक्त अवधिमा १ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
१९ ओटा जीवन बीमा कम्पनीले माघ महीनामा मात्र १० अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । माघ महीनामा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन गर्नेमा पनि नेपाल लाइफ इन्स्योरेन्सको नै भएको छ । उक्त कम्पनीले माघ महीनामा २ अर्ब ६९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
यो महीनामा महालक्ष्मी लाइफ इन्स्योरेन्सले १२ करोड ३९ लाख रुपैयाँ कुुल बीमा शुल्क आर्जन गरेको छ । उक्त महीना यो कम्पनीको १९ ओटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा कम कुल बीमा शुल्क आर्जन हो ।
आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट