काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सुनकाण्डमा प्रधानमन्त्री र मन्त्रीहरू दोषी नहुने बताएका छन्। शनिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै संयोजक गौतमले भन्सारमा कर्मचारीहरू खटिने भएकाले प्रधानमन्त्री र मन्त्रीहरूको नाम नजोडिने बताए। ‘जाँच पड्ताल गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने हाम्रा उखानहरू छन्। त्यस्तो भयो भने मात्र प्रधानमन्त्री मन्त्रीहरू तानिनसक्छन्। नत्र त्यहाँ खटिएका कर्मचारीहरू नै मुख्य रूपमा दोषी हुन्छन्। सुन आवोस् कि अरू आवोस्