ग्रामिण भेगमा बसोबास गरिरहेका कोरोना संक्रमितकहाँ भ्याक्सिन पुर्याउन भारत सरकारले ड्रोन उपयोग गर्न मञ्जुरी दिएको छ।त्यहाँको नागरिक उड्ययन मन्त्रालय र महानिर्देशनालयले पहिलो चरणमा तेलंगना सरकारलाई संक्रमितकहाँ भ्याक्सिन पुर्याउन ड्रोन प्रयोग गर्न स्वीकृति दिएको हो।यही महिनाको अन्त्यतिरसम्म यो कामको परीक्षण गरिने तेलंगनाका सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। यसअघि इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) ले कोभिड भ्याक्सिन पुर्याउन ड्रोन उपयोग गर्न शोध अनुमति दिएको थियो।