भुटानी शरणार्थीको कथा : न देश फर्किने आश, न पुनर्वासको इच्छा

विराटनगर : मोरङको पथरी शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरको रौनक कुनै वेला बेग्लै थियो। मान्छेको चहलपहलले वातावरण नै अर्को हुन्थ्यो। अहिले ती सबै क्षण सम्झनामा मात्रै छन्। भुटानबाट साथ लागेर आएका धेरै आफन्त परदेशिए। थोरै मात्र साथै छन्। परदेशिएका आफ्नाहरूको सम्झनामा रुमलिरहेको शिविर यतिबेला सुनसान  छ। त्यही सुनसान बस्तीको एक छेउमा भेटिएका ८० वर्षीय बिर्खबहादुर तामाङलाई बेलाबखत भुटानमा छोडेका दुई सन्तान र जमिनको खुब याद आउँछ। तीन दशकअघि भुटान छाडेर आएका उनलाई पुर्ख्यौली घर ताप्लेज

सम्बन्धित सामग्री

भुटानी शरणार्थीको घर फर्किने हुटहुटी

बेलडाँगी शिविरको थोत्रो छाप्रोमा एक्लै बस्छन्, ५६ वर्षीय पदमलाल पुवार । सुरुदेखि नै तेस्रो देश पुनर्वासको विपक्षमा रहे पनि परिवारका अन्य सदस्य उनको निर्णयमा अडिएनन् । सन् २०१० मै उनको ८ जनाको परिवार तेस्रो देशको पुनर्वासमा गएयता उनी भुटान फर्किने हुटहुटी बोकेर एक्लै बसिरहेका छन् ।

फिल्म ‘देश खोज्दै जाँदा’ को रिलिज मिति सार्वजनिक

प्रकाश आङदेम्बे निर्देशित फिल्म ‘देश खोज्दै जाँदा’ भदौ २८ गतेदेखि नेपालभर प्रदर्शनमा आउने भएको छ। फिल्ममा भुटानी शरणार्थीहरुको शिविर बसाई अवधि र स्वदेश फिर्ती आन्दोलन तथा तेस्रो देश पुनर्वासको विषयलाई कथाको केन्द्रमा राखिएको निर्देशक अाङदेम्बेले बताए। फिल्ममा बाबु बोगटी, अरुणा कार्की, हेमन्त बुढाथोकी, मिना कोइराला, तिब्बत राई, ओवेत साम्पाङ राई, सरीता ओली, शिवशंकर थापालगायतको अभिनय…