बेलडाँगी शिविरको थोत्रो छाप्रोमा एक्लै बस्छन्, ५६ वर्षीय पदमलाल पुवार । सुरुदेखि नै तेस्रो देश पुनर्वासको विपक्षमा रहे पनि परिवारका अन्य सदस्य उनको निर्णयमा अडिएनन् । सन् २०१० मै उनको ८ जनाको परिवार तेस्रो देशको पुनर्वासमा गएयता उनी भुटान फर्किने हुटहुटी बोकेर एक्लै बसिरहेका छन् ।