भन्सार प्रशासनमा सुधार ल्याइँदै

 भन्सार प्रशासनभित्रका समस्या हल गर्न सुधारको काम अघि बढाइने भएको छ ।भन्सार प्रणालीमा रहेका समस्यालाई सम्बोधन गर्नेगरी चालू आर्थिक वर्ष २०७८/७९ देखि छैटौं चरणको पाँचवर्षीय भन्सार सुधार तथा आधुनिकीकरण योजना कार्यान्वयनमा लगेको भन्सार विभागले प्रशासनिक सुधारको कामलाई अघि बढाएको हो । खासगरी भन्सार विभागअन्तर्गत रहेका अनुगमन र अनुसन्धान शाखामा आमूल परिवर्तन ल्याउने गरी रूपान्तरणको काम अघि बढेको छ ।यी दुईओटा शाखालाई स्मार्ट बनाएर भन्सार प्रशासनमा ठूलो सुधार ल्याउन लागिएको विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा बताउँछन् ...

सम्बन्धित सामग्री

भन्सार प्रशासनलाई सूचनाप्रविधिमैत्री बनाइने

काठमाडौं, माघ १३ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचनाप्रविधिमैत्री बनाइने बताएका छन् । ७१औं भन्सार अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले त्यस्तो टिप्पणी गरेका हुन् । भन्सार क्षेत्रमा समस्या के हुन् र त्यसको समाधानका लागि केकस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्नेमा कर्मचारी नै […]

भन्सार दिवसको महत्त्व

अन्तर्राष्ट्रिय भन्सार संगठनले २०२३ लाई ‘अर्को पुस्ताको पालनपोषण गर्न समर्पित गर्दै छ : भन्सारमा ज्ञान बाँडफाँड र व्यावसायिक गौरवको संस्कृति प्रवर्द्धन गर्दै’ भन्ने नाराका साथ मनाउँदै छ । भन्सार संगठनहरूद्वारा हरेक वर्ष जनवरी २६ मा भन्सार सहयोग काउन्सिल अर्थात् विश्व भन्सार संगठन (डब्लूसीओ) को पहिलो औपचारिक सम्मेलनको सम्झनामा भन्सार दिवस मनाइन्छ । विश्व भन्सार संगठन, […]

भन्सार जाँचपासको काम ठप्प पार्ने भन्सार एजेन्टको चेतावनी

१० माघ, काठमाडौं । देशकै प्रमुख भन्सार नाका मध्येको एक वीरगञ्ज भन्सार नाका ठप्प पार्ने चेतावनी वीरगञ्ज भन्सार एजेन्ट संघले दिएको छ । भन्सारबाट जाँचपास भएर छुटेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर दुःख दिन थालेको भन्दै वीरगञ्ज भन्सार एजेण्ट संघले जाँचपासको काम ठप्प पार्ने चेतावनी दिएको हो । वीरगञ्ज भन्सार एजेन्ट संघले मंगलबार निमित्त प्रमुख भंसार […]

बाँकेका सात छोटी भन्सार बन्द

नेपालगञ्ज – द्वन्द्वकालमा बन्द भएका बाँकेका सात वटा छोटी भन्सार अहिलेसम्म पनि पुनःस्थापना हुन सकेका छैनन् । ती भन्सार सञ्चालनमा नआउँदा छोटी भन्सारबाट उठने भन्सार राजस्वसमेत ठप्प भएको भन्सार कार्यालय, नेपालगञ्ज, बाँकेले जनाएको छ । अहिले जिल्लामा रहेका सुइया, बघौडा, नरैनापुर, भगवानपुर, खडैचा, भघोटना, साईगाउँ र उढरापुर छोटी भन्सार बन्द रहेका छन् । यी सबै […]

भन्सार छलीमा आफै संलग्न भेटिए सत्ती भन्सार प्रमुख शाह

कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाका कार्यालय प्रमुख आफै भन्सार छलीमा संलग्न रहेको पाइएको छ । भारतीय बजारबाट शुक्रबार साँझ आफ्नै सरकारी गाडीमा भन्सार छली गरी एसी ल्याएको अवस्थामा कार्यालय प्रमुख विमल कुमार शाह फेला परेका हुन् ।भन्सार कार्यालयका कार्यालय प्रमुख शाहले भन्सार कार्यालयको सरकारी नम्बर प्लेटको गाडीमा ४ थान एसी ल्याएको अवस्थामा कार्यालय परिसरमै फेला परेका हुन् । कार्यालयको से १ झ ३०२ नम्बरको गाडीमा प्यानासोनिक कम्पनीको ४ थान एसीसहित उनी फेला परेका हुन् ।दुई देशीय कस्टम बैठकमा सहभाग

भन्सार महसुल अब अनलाइनबाट

व्यवसायीले भन्सार महसुल अब अनलाइनबाट भुक्तानी गर्ने भएका छन् ।७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बुधबार आयोजित भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्माले सुरुवात गरेका हुन् ।इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत् तिर्न सक्ने भएका छन् । अनलाइन भुक्तानीबाट घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व संकलनमा समेत सहजता […]

भन्सार दिवसको सार्थकता

जनवरी २६, विश्व भन्सार दिवस । विश्वका कैयन् देशहरू आफ्ना उत्पादनहरू निकासीबाट भन्सार राजस्व वृद्धि गर्न तल्लीन छन् । हामी पनि भन्सार राजस्वमा मक्ख छौँ तर निकासीबाट होइन, आयातबाट । नाना, खाना, छानाका सामान र खास गरी दैनिक प्रयोगमा आउने चर्को आयतनको पेट्रोलियम पदार्थको आयातको भन्सार राजस्वबाट हामी उत्साहित भएका छौँ, खासगरी सरकार । त्यसो […]

भन्सार पूर्वाधारमा लगानी गर

नेपालको वैदेशिक व्यापारमा सबैभन्दा महŒवपूर्ण भूमिका खेल्ने भन्सार कार्यालयहरूको अवस्था विचारणीय छ । धेरै भन्सार कार्यालयहरू धमाधम नयाँ बनिरहेका छन् भने केही अझै पुरानै शैलीमा चलिरहेका छन् । सरकारले देशभरका भन्सार कार्यालयहरूमा एकद्वार अनलाइन प्रणाली पूर्ण रूपमा लागू गरेपछि पनि कतिपय भन्सार कार्यालयका समस्या भने समाधान हुन समय लाग्ने प्रकारका छन् । वास्तवमा सरकारले धेरै […]

त्रिवेणी भन्सार अझै ठप्प

पूर्वी नवलपरासी । भारततर्फको वाल्मीकि नगर भन्सार भारत सरकारले नखोलेका कारण त्रिवेणी भन्सार खुले पनि नाका ठप्प छ । वाल्मीकि नगर भन्सारले हिजो (सोमबार) बिहानबाट पैदल आउजाउ गर्न दिए पनि गाडी चल्न दिएको छैन । गाडी र सामान आउजाउमा रोक लगाइएकाले त्रिवेणी नाका ठप्प बनेको हो । भारततर्फको भन्सार नखुलेका कारण समस्या भएको त्रिवेणी भन्सार कार्यालयका प्रमुख विकास […]