सुनसरी – स्थानीय तह चुनाव लक्षित गरी भर्ना खुलाइएको म्यादी प्रहरीमा आवेदन दिनेको सुनसरीमा पनि भिड लागेको छ । कार्यालय समयअघि नै जिल्ला प्रहरी कार्यालयमा पुगेर आवेदन बुझाउने मात्रै नभइ फारम लिन लाइनमा बस्नेको भिड पनि उत्तिकै बाक्लो छ ।
युवा, युवतीका साथै ४० नाघेका ठूलो समूह ४० दिने सरकारी जागिरमा झुम्मिएका छन् । एकाबिहानै लाइनमा पालो पर्खने धेरैजसाेकाे चाहना खर्च जुटाउनु नै छ । बेरोजगारी समस्याका कारण म्यादी प्रहरीका लागि पनि आवेदन दिन बाध्य हुनुपरेको धेरैजसाेकाे भनाइ छ । उनीहरू भन्छन्, ‘सरक...