पोखरा । सिके राउत नेतृत्वको जनमत पार्टीको कार्ड बनाएर पोखराको मतगणनास्थल प्रवेश गर्न खोज्ने एमाले कार्यकर्ता छुटेका छन् । शुक्रबार बिहान कास्की प्रहरीले रूपा गाउँपालिकाका डिल्लिराम तिवारी र कमल पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यीमध्ये तिवारी एमाले कार्यकर्ता हुन् । उनले जनमत पार्टीको प्रतिनिधि भन्दै मतगणनास्थल प्रवेश गर्न खोजेका थिए...