काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध सोमबार उजुरी दिन सकिने छ। निर्वाचन आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने समय सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म तय गरेको छ।आयोगले मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची गएराति नै प्रकाशन गरेको छ। आयोगका अनुसार प्रतिनिधिसभातर्फ दुई हजार ४७३ र प्रदेश सभातर्फ तीन हजार ३९३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।सोमबार दिउँसो ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म मनोनयपत्र र उजु