नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले तत्कालीन विद्रोही माओवादीसँग वार्ताको प्रस्ताव गर्दा त्यतिबेला नेता बाबुराम भट्टराईले आलोचना गरेको स्मरण गरेका छन् । मंगलबार पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले प्रचण्डसँग द्वन्द्वकै क्रममा आफूले वार्ताको प्रस्ताव गर्दा उनी मौन भएपनि बाबुरामले संसदीय राजनीति नमान्ने भन्दै सुरुमा विरोध गरेको बताएका हुन् । ‘प्रचण्डजीले हामी हार्ने र जित्नेको अवस्थामा पुग्यौँ भने यस्तो अवस्थामा तपाईँले वार्ता गर्नुपर्छ । शक्ति सुदृढ गर्न