गाउँपालिका महासङ्घका संस्थापक अध्यक्ष तथा मातृभूमिका लागि नेपाली अभियानका पूर्व महासचिव नारायण प्रसाद कोइराला, पूर्व सह-संयोजक भवानी प्रसाद शर्मा, पूर्व युवा विभागका प्रमुख रमेश श्रेष्ठ तथा कतिपय अगुवाहरू विवेकशील साझा पार्टीमा आबद्ध भएका छन् ।प्रवक्ता शरदराज पाठकका अनुसार लामो समय नेपाली काँग्रेसको राजनीति गरेका कोइराला हालै विवेकशील साझा पार्टीसँग एकता भएको सिटिजन्स डिसकशन फोरमका एक जना अगुवा हुन् । विवेकशील साझामा आबद्ध हुने अन्यमा मातृभूमिका लागि नेपालीका देवराज पौडेल (संयोजक, नवलपुर), रुद्र