गाउँपालिका महासंघका संस्थापक अध्यक्ष तथा मातृभूमिका लागि नेपाली अभियानका पूर्व महासचिव नारायणप्रसाद कोइराला, पूर्व सह-संयोजक भवानीप्रसाद शर्मा, पूर्व युवा विभागका प्रमुख रमेश श्रेष्ठलगायत विवेकशील साझा पार्टीमा आबद्ध भएका छन् ।
कोइराला हालै विवेकशील साझा पार्टीसँग एकता भएको सिटिजन्स डिसकशन फोरमका एक अगुवा हुन् ।
विवेकशील साझामा आबद्ध हुने अन्यमा मातृभूमिका लागि नेपालीका देवराज पौडेल (संयोजक, नवलपुर), रुद्रप्रसाद सापकोटा (संयोजक, चितवन), सुशील खनाल (संयोजक, रुपन्देही), कमलराज पौडेल (संयोजक, पाल्पा), माधव भण्डारी...