रौतहटका किसान मकै खेतीतर्फ आकर्षित

रौतहट : जिल्लाका किसान व्यावसायिक मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। जिल्लाको वृन्दावन नगरपालिकाको एउटै टोलमा करिब साढे ६ सय बिघा क्षेत्रमा मकै खेती गरिएको हो।वृन्दावन नगरपालिका वडा नं—१ बलेरीमा झन्डै साढे ६ सय बिगाहा जमिनमा मकै खेती गरिएको हो।व्यावसायिक मकै खेतीका लागि प्रसिद्ध बलेरीको खेत र बारीमा अहिले मकैको हरियो बोट लहलहाइरहेको छ। आँखाभरि अटाउने गरी लहलहाइरहेको हरियो मकैको दृश्यले बलेरीको समृद्धिको आधार खडा गरिरहेको स्थानीयको बुझाइ छ।स्थानीय बैजु पटेल पेसाले शिक्षक हुन् तर बर्सेनि ड

सम्बन्धित सामग्री

चितवनका किसान नगदेबालीतर्फ आकर्षित

चितवन । जिल्लाका किसान पछिल्लो समय नगदेबाली तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएपछि यहाँका किसान तोरीखेती गर्नतर्फ केन्द्रित भएका हुन् ।  माडी नगरपालिका–३ का ओमप्रकाश महतो विगत पाँच वर्षदेखि तोरीखेती गर्दै आएका छन् । उनले यसभन्दा पहिला धान भित्र्याएपछि गहुँ र आलुखेती गर्दै आएका थिए । महतोले अहिले आफ्नो १० कट्ठा र भाडामा लिएको १० कट्ठा जग्गामा तोरीखेती गर्दै आएका छन् । उनले भने, ‘जङ्गली जनावारले तोरीबालीलाई कम क्षति गर्ने भएकाले यसमा जोड दिएका हौं ।’  यस क्षेत्रमा हात्ती, गैंडा, चित्तललगायतले अन्नबाली क्षति गर्ने गर्दछन् । अहिले माडीमा तोरी टन्न फलेको छ । महतोले भने, ‘हाम्रो गाउँमा ६० हेक्टरभन्दा बढी जमिनमा तोरी खेती गरिएको छ । तोरी छिटो पाक्ने तथा उचित मूल्य पनि पाइने भएकाले सबैले तोरीबाली लगाउने गरेका छन् ।’  यस्तै खैरहनी नगरपालिका–१२ का नवीनकुमार श्रेष्ठ विगत दुई वर्षदेखि तोरीखेती गर्दै आइरहेका छन् । उनले १६ कट्ठा जग्गामा तोरीखेती गर्दै आएका छन् । पानी कम लाग्ने र जनावरले समेत असर कम गर्ने भएपछि तोरीखेती गर्न थालेको उनको भनाइ छ । श्रेष्ठले भने, ‘गहुँ र मुसुरो खेती ढिला पाक्छ, त्यसैले तोरी खेती गरेको हुँ ।’  तोरी थन्काएपछि सोही बारीमा खर्बुजा खेती गर्ने योजनामा रहेको उनले सुनाए । तोरीले मूल्य पनि राम्रो पाउने भएकाले यो खेती गरिएको भए पनि अहिले बजार सुस्त हुँदा मूल्य घट्छ कि भन्ने चिन्ता लाग्ने गरेको श्रेष्ठको भनाइ छ ।  कृषि ज्ञान केन्द्र, चितवनका अनुसार जिल्लामा यस वर्ष २१ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको छ । यो क्षेत्रफल गत वर्षको तुलनामा बढी हो । गत वर्ष १४ हजार सात सय ६५ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको केन्द्रका योजना अधिकृत उमराज अर्यालले बताए । उनका अनुसार यो क्षेत्रफल गत वर्षको तुलनामा सात हजार ८५ हेक्टरले बढी हो ।  गत वर्ष जिल्लामा १९ हजार एक सय ९४ मेट्रिक टन तोरी उत्पादन भएको थियो । यो वर्ष तोरी उत्पादनमा समेत वृद्धि हुने उनको भनाइ छ ।  बर्खे धान र मकै लगाएका अधिकांश ठाउँमा तोरी खेती गरिएको छ । तोरी बाली छिटो पाक्ने, चैते धान लगाउन सहज हुने नगदे बाली भएकाले किसानको ध्यान यस बालीतर्फ गएको योजना अधिकृत अर्यालले बताए । उनले भने, ‘यस वर्ष मुसुरो र गहुँ बालीलाई समेत तेलहन बालीले विस्थापित गरेको छ ।’  जिल्लामा गत वर्ष तीन हजार चार सय ६० हेक्टर क्षेत्रफलमा गहुँ र एक हजार पाँच सय ३६ हेक्टर क्षेत्रफलमा दलहन बाली लगाइएको थियो । अहिले कहीँ कतै मात्रै यी बाली लगाइएको पाइएको योजना अधिकृत अर्यालले बताए । तेलहन बाली प्रवर्द्धनका लागि सरकारले समेत कार्यक्रम बनाएको हुँदा यसतर्फ आकर्षण बढेको उनको भनाइ छ । रासस

तोरी खेतीमा किसान आकर्षित,गहुँ मकै खेती उत्पादन घट्दै

एउटै मौसममा धेरै खेती उत्पादन गर्न यहाँका किसान छिटो उत्पादन दिने बालीतर्फ आकर्षित भएका छन् । मुख्य गरी हिउँदे मौसममा छिटो उत्पादन दिने बालीतर्फ कृषक आकर्षित भएका हुन् । कृषकहरू छिटो उत्पादन दिनेतर्फ लागेपछि ढिलो पाक्ने खेतीको उत्पादन र क्षेत्रफल घट्दै गएको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार यस वर्ष गहुँखेती गरिएको क्षेत्रफल चार […]

आलु, मकैको विकल्पमा किवी

भोजपुर – भोजपुरका किसान व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकै खेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै व्यावसायिक किवी खेतीमा लागेको किसान बताउँछन् । किवी खेतीबाट राम्रो आम्दानी हुने उनीहरूको भनाइ छ ।    एक पटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि किसान अन्य बाली हटाएर व्यावसायिक किवी खेतीमा लागेका छन् । भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँप...

चिराइतो खेतीमा भोजपुरका किसान आकर्षित

२९ साउन, भोजपुर । जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । चिराइतो बिक्रीबाट किसानले वार्षिक रु ८ देखि ८ लाखसम्म आम्दानी लिने गरेका छन् । यहाँका किसानले आलु र मकै फल्ने बारीमा व्यावसायिक रुपमा चिराइताको खेती गरेको देख्न पाइन्छ । एक हजार […]

चिराइतो खेतीमा भोजपुरका किसान आकर्षित

भोजपुर, २९ साउन । जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । चिराइतो बिक्रीबाट किसानले वार्षीक रु छ देखि आठ लाखसम्म आम्दानी लिने गरेका छन् । यहाँका किसानले आलु र मकै फल्ने बारीमा व्यावसायिक रुपमा चिराइताको खेती गरेको देख्न पाइन्छ । एक हजार […]

पातारासीका किसान आलुखेतीमा आकर्षित

खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकास्थित लोर्पा गाउँका किसान पछिल्लो समय आलुखेतीतर्फ आकर्षित भएका छन् । सदरमुकाम खलङ्गाबाट एक घण्टा मोटरयात्रापछि पूर्वको पातारासीमा प्रवेश गर्दा भेटिन्छ लोर्पा गाउँ । परम्परागत खेती प्रणाली त्याग्दै व्यावसायिक कृषिकर्ममा लागिपरेका लोर्पावासी  मकै, गहुँ, जौ रोप्दा दु:ख मात्रै हुने हुँदा अहिले नगदेबाली आलु, सिमी, तरकारी, स्याउ र ओखरखेती गरिरहेका छन् । घर खर्चदेखि बच्चाको पढाइ खर्चसमेत आलुखेतीबाट धान्ने गरेको स्थानीयवासी धनवीर बोहोराले बताए । स्थानीयवासीले उत्पादन गरेको कृषि उत्पादनलाई स्थानीय सरकारले विशेष जोड दिएपछि आलुखेती लगायतमा किसान सक्रिय भएको स्थानीय बासिन्दा बताउँछन् । विदेशी भूमिमा पसिना बगाउन कम्मर कसेका युवालाई स्वदेशमै कृषिखेतीमा आत्मनिर्भर हुन लोर्पा गाउँका किसानले सन्देश दिएको वडाध्यक्ष डिलबहादुर बोहोराले जानकारी दिए । खलंगा बजारमा पुग्ने कृषिजन्य उत्पादन सबैभन्दा बढी यहीँबाट निकासी हुन्छ । यहाँको आलु, स्याउ, ओखर बाहिरसमेत निर्यात हुने गरेको गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए । रासस

राम्रो आम्दानी भएपछि सर्लाहीका किसान मकै खेतीमा आकर्षित

सर्लाही : सर्लाहीका उत्तरी पश्चिम क्षेत्रका किसानलाई अहिले मकै रोप्ने चटारो छ। व्यावसायिक रुपमा मकै खेती गर्दै आएका कर्मैया, राजघाट, शंकरपुर, हजरिया, बरहथवा, मुर्तिया, जानकीनगरका किसानलाई यतिबेला मकै रोप्न भ्याइनभ्याई छ।यस क्षेत्रमा हिउँदे बालीको रुपमा (वर्णशंकर) उन्नत जातको मकै खेती हुँदै आएको छ। अन्य बालीभन्दा उन्नत जातका मकै खेतीमा राम्रो आम्दानीको स्रोत हुने भएकाले किसानको रोजाइमा यो खेती परेको हो। विगतका वर्षहरूमा यस क्षेत्रमा हिउँदे बालीको रुपमा कोदो, तेलहन, दलहन, बेसार, कन्दमुललगायत तरकार

किवी खेतीमा आकर्षित हुँदै डोटीका किसान

डोटी – डोटीका किसान किवी खेतीतर्फ आकर्षित हुन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको कृषि आधुनिकीकरण नीतिका कारण डोटीका किसान किवी खेतीमा आकर्षित हुन थालेका हुन् । मकै रोप्ने बारीमा किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू व्यावसायिक किवी खेतीमा आकर्षित भएका हुन् । एक पटक रोपेपछि वर्षाैँसम्म आम्दानी लिन सकिने भएपछि यसमा किसानको आकर्षण बढेको हो । डोटीको जोरायल गाउँपालिका ५ गड्सेरा, दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका लगायतका ठाउँमा किवी खेती गरिँदै आएको छ ।  आठ वर्ष पहिले परीक्षणका...

किबी खेतीमा आकर्षण

पछिल्लो समय यहाँका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कृषि आधुनिकीकरण नीतिलाई कार्यान्वयन गरिराखेको छ । यसले गर्दा उनीहरु मकै फल्ने बारीमा किबी खेती गर्न लागेका छन् ।

इलामको चुलाचुली गाउँपालिकाका किसान मकै खेतीतर्फ आकर्षित

प्रकाश नेपाल इलाम । इलामको चुलाचुली गाउँपालिका भित्रका किसान व्यवसायीक मकै खेतीतर्फ आकर्षित भएका छन् । कृषि ज्ञान केन्द्र इलामको सहयोगमा आधुनिक मकै खेतीमा सीपमुलक तालिम, प्राविधि हस्तान्तरणसँगै आर्थिक सहयोग भएपछि किसान मकैखेती तर्फ आकर्षित भएका हुन् । आयोजनाबाट किसानलाई मकै रोप्ने मेसिन, गोठे मल बोक्ने एक पाङ्ग्रे ट्रली, बिषादी छर्कने स्प्रे ट्याङ्की, खेत बारी […]