धनुषा – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विगतको समीक्षा गरी फर्किन चाहे आफूहरू स्वागत गर्न तयार रहेको बताउनुभएको छ । जनकपुरधाममा आज बुधवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भन्नुभयो, ‘विगतको समीक्षा गरी पुनः पार्टी एकता गर्न लोसपाका नेता आउनुभयो भने हामी हृदयदेखि नै उहाँहरूलाई स्वागत गर्न तयार छौँ ।’
‘फुटेर होइन जुटेर जानु अहिलेको आवश्यकता हो, त्यसैले हामी उहाँहरूलाई विगतको समीक्षा गरी एकतालाई फर्किन आग्...