चर्चित कांग्रेसी नेता गगन थापा काठमाडौंमा जन्मिए, काठमाडौंकै हावापानीमा हुर्किए । लेखक बुद्धिसागर कर्णालीमा जन्मिए, त्यहीँको माटोमा हुर्किए । यस्तो पृष्ठभूमिले काठमाडौंलाई हेर्ने यी दुईको नजर फरक हुने नै भयो ।नेता थापा र लेखक बुद्धिसागरले नेपाल लिटरेचर फेस्टिभलको चौथो दिन आइतबार साँझ काठमाडौंसँगको यस्तै फरक अनुभूति साटे । ‘कथा काठमाडौं’ शीर्षकमा भएको कुराकानीमा बुद्धिसागरले आफू पहिलो पटक काठमाडौं सहर प्रवेश गर्दाको समय सम्झिँदै भने, ‘मेरो एसएलसीको मार्कसिटमा एउटा अक्षर छुटेछ ।