पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८४ नमूना परीक्षणमध्ये २२४ पीसीआर र ११ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु संख्या ११ हजार ५९४ पुगेको छ ।
मन्त्रालयका अनुसार थप २१२ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ११ हजार ९५८ पुगेको छ ।
हाल मुलुकभर ४ हजार ८७९ सक्रिय संक्रमित छन् ।