सर्वोच्च अदालतले यही १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने तयारी थालेको छ । यसका लागि बिहीबार फुलकोर्टको बैठक बोलाइएको छ । गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएकाले अब बिहीबार बस्ने फुलकोर्ट बैठकले १५ मंसिरबाट लागू गर्ने निर्णय गर्ने तयारी गरेको हो । गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए । नेपाल बार एसोसिएसनको जबराको राजीनामा माग्दै भएको आन्दोलनमा ऐक्यबद्धता जनाएर न्यायाधी