प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन भन्दै नेपाल बार एसोसिएसनले सोमवार पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा धर्ना दिएको छ ।
शुक्रवार सर्वोच्चको गेटबाहिर धर्ना दिएको बारले हिजोदेखि अदालतको कम्पाउन्डभित्रै धर्ना दिएको हो ।
प्रधानन्यायाधीश जबराको बहिर्गमनलाई मुख्य एजेन्डा बनाएर चरणबद्ध आन्दोलन गरिरहेको बारले शुक्रवारदेखि बिहान डेढ घण्टा सांकेतिक विरोध गरिरहेको छ ।
मन्त्रिपरिषदमा भागबण्डा खोजेको, अदालतमा भ्रष्टाचारलाई संरक्षण गरेको, पेशी तोक्दा गोलाप्रथा लागू गर्न इन्कार गरेको जस्ता आ...