काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संसदीय दलको विधान पास गरेको छ । बहुमत सांसदहरुको समर्थन जुटाएको यो समूहले मंगलबार (आज( संसदीय दलको बैठक बोलाएको थियो । बैठकले विधान पास गरेको छ भने संसदीय दलको नेता चयन गर्ने कार्यसूची रहेको छ ।