हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सको मर्जरपछि एकीकृत कारोबार सुरु भएको छ । मर्जरपछि ‘हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी’ को नामबाट एकीकृत कारोबार सुरु भएको हो । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एकीकृत कारोबार सुभारम्भको उदघाटन गरे । एकिकृत कारोबार सुरु भएसँगै बिमा क्षेत्रकै पहिलो मर्जर सफल भएको छ ।