काठमाडौँ। सत्ता गठबन्धनले गठन गरेको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिले पार्टीका शीर्ष नेतृत्व समक्ष सोमवार प्रतिवेदन बुझाउने भएको छ। नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको सो समितिले सबै दलको स्थानीय तहमा रहेको पछिल्लो अवस्थाबारे सङ्कलन गरेको विवरणका आधारमा तयार पारेको सुझावसहितको प्रतिवेदन सोमबार शीर्ष नेतृत्वलाई बुझाउने भएको हो।