खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात

खोटाङ- दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तला खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जिल्लामा यस वर्ष तीन हजार सात सय ३५ मेट्...

सम्बन्धित सामग्री

एउटै गाउँबाट दुई करोडको सुन्तला निर्यात

गुल्मी । गुल्मीको एउटै गाउँबाट दुई करोड बढीको सुन्तला निर्यात भएको छ । जिल्लाको धुर्र्कोट गाउँपालिका–०१ नयाँगाउँबाट दुई करोड बढीको सुन्तला निर्यात भएको हो । नयाँगाउँमा रहेका कुल ८५० घरधुरीमध्ये छ सय परिवार सुन्तला खेतीमा आवद्ध छन् । वडाध्यक्ष चेतमान कुँवरका अनुसार नयाँगाउँमा सुन्तलाबाट सरदरमा मासिक एक लाखसम्म कमाउने कृषक छन् । नयाँगाउँको सुन्तला स्थानीय […] The post एउटै गाउँबाट दुई करोडको सुन्तला निर्यात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात

खोटाङ- दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तला खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जिल्लामा यस वर्ष तीन हजार सात सय ३५ मेट्...

पर्वतमा करीब २५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

पर्वत । पर्वतको मुख्य निकासीयोग्य वस्तुको रूपमा रहेको सुन्तलाको उत्पादनमा यस वर्ष वृद्धि भएको छ । गतवर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन करीब २५ प्रतिशतले बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तलाखेती गर्ने क्षेत्रफल र उत्पादन दुवै बढेको हो । यस वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ, जसमध्ये चार हजार दुई सय ५० मेट्रिक टन सुन्तला जिल्लाबाहिर निकासी भएको ज्ञान केन्द्रले बताएको छ । गत कात्तिक अन्तिम सातादेखि माघ अन्तिम सातासम्म जिल्लाको सुन्तला निकासी भएको हो । जिल्लाको उच्च पहाडी क्षेत्रमा अवस्थित बाँसखर्कबाट माघको अन्तिम सातामात्र सुन्तला बजार पठाइएको थियो । निकासी भएको चार हजार दुई सय ५० मेट्रिक टन सुन्तलाबाट जिल्लामा रू. २९ करोड ७५ लाख आम्दानी भएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिइन् । पर्वतबाट औसत रू. ७० को दरले सुन्तला निर्यात भएको छ । यहाँ उत्पादित सुन्तला पोखरा, काठमाडौं, नारायणगढ र बुटवलसम्म पुगेको थापाले बताइन् ।   जिल्लामा अहिले ८ सय ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ । सोमध्ये पाँच सय हेक्टर क्षेत्रफलबाट उत्पादन भइरहेको छ भने बाँकी क्षेत्रफलबाट आगामी वर्षदेखि उत्पादन दिन शुरू हुनेछ । उत्पादित सुन्तलामध्ये झन्डै १५ प्रतिशत स्थानीय उपभोगमै खर्चिएको अनुमान छ । गतवर्ष पर्वतमा चार हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गतवर्ष चार सय ५० हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन भएको थियो भने यस वर्ष ११ प्रतिशत बढी क्षेत्रफलमा उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत थापाले बताइन् । यस वर्ष अनुकूल मौसम, रोग कीराको प्रकोप कम र हावाहुरी, असिना पानीलगायतबाट कुनै क्षति नभएकाले सुन्तला उत्पादन वृद्धि भएको हो । पछिल्लो समय बाँझै रहेको खेतबारीमा सुन्तला लगाउने र स्थानीय तहहरूले पनि सुन्तला खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न थालेपछि क्षेत्रफलमा वृद्धि हुँदै गएकाले बर्सेनि उत्पादन बढ्दै गएको छ । ‘किसानले मल, कीटनाशक विषादीको प्रयोग तथा बगैंचा सुधार गरेको र यस वर्ष हावाहुरी असिना नपरेकाले सुन्तला उत्पादनमा वृद्धि भएको हो,’ उनले भनिन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्वतका जलजला, मोदी, महाशिला र पैंयु गाउँपालिकाका साथै फलेवास नगरपालिकाका विभिन्न वडालाई सुन्तला जोन र ब्लकको रूपमा विकास गरिएको छ । जिल्लाको जलजला गाउँपालिकाको बाँसखर्कमा  सबैभन्दा बढी सुन्तला उत्पादन हुँदै आएको छ । यहाँको एउटै गाउँबाट भन्डै रू. आठ करोडको सुन्तला निकासी भएको छ । रासस

गुल्मीको एउटै गाउँमा दुई करोडको सुन्तला बिक्री

गुल्मी : जिल्लाको धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा यो वर्ष दुई करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ। जिल्लामा सुन्तला उत्पादन हुने प्रमुख गाउँमध्ये प्रमुख नयाँगाउँबाट दुई करोड बढीको सुन्तला निर्यात भएको धुर्कोट गाउँपालिका कृषि शाखाकी नायब प्राविधिक सहायक भावना महतले जानकारी दिइन्। उनका अनुसार नयाँगाउँमा मात्रै ५०० हेक्टर भन्दा बढी क्षेत्रफलमा सुन्तला खेती भएको छ।स्थानीयवासी ६३ वर्षीय मीनप्रसाद पोखरेलले आफनो बगैँचामा भएका करिब ३०० बोटका सुन्तला एक लाख ७० हजारमा ठ

सल्यानमा ३० करोडको सुन्तला उत्पादन

सल्यान : सल्यानमा यो वर्ष ३० करोडको सुन्तला उत्पादन भएको छ। सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि र अनुकूल वातावरणका मिलेपछि सुन्तला उत्पादन राम्रो भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। यस वर्ष सल्यानमा ३० करोड बराबरको सुन्तला उत्पादन भएकोमा २२ करोडको सुन्तला निर्यात भएकोे कार्यालयले जनाएको हो। योवर्ष दुई हजार हेक्टर क्ष...