अधिवेशन गर्ने विषयमा सर्लाहीमा देउवा पक्ष र पाैडेल पक्षका कार्यकर्ताबीच झडप

सर्लाही – पार्टीकाे अधिवेशन गर्ने विषयमा सर्लाहीमा नेपाली कांग्रेसको दुई पक्षका कार्यकर्ताबीच झडप भएको छ । आज बिहीवारका लागि तय भएको वडा अधिवेशनमा निर्वाचन अधिकृत खटाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबीच पार्टी कार्यालय मलङ्गवामा झडप  भएको हो । पौडेल पक्षका कार्यकर्ताले निर्वाचन अधिकृत दिवाकरराज पाण्डेसहित जिल्लाका केही नेता तथा कार्यकर्तामाथि हातपात गरेका छन् ।   दुई पक्षीय छलफल भइरहेका बेला पाैडेल पक्षले जिल्ला पार्टी कार्यालय घेरा ह...

सम्बन्धित सामग्री

सर्लाहीमा कांग्रेसका दुई पक्षीय कार्यकर्ताबीच झडप भएपछि गाेली चल्याे

सर्लाही – सर्लाहीको बलरा नगरपालिका ९ अचलगडमा नेपाली कांग्रेसको वडा अधिवेशन स्थलमा कांग्रेसका दुई पक्षीय कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।  सीताराम निमावि पुगेका नेपाली कांग्रेसका नेता तथा प्रदेश नम्बर २ का महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री वीरेन्द्रकुमार सिंहसहितको समूह र अर्को समूहबीच झडप भएको थियो । झडपमा मन्त्री सिंहको सुरक्षाका लागि खटिएका एक जना सुरक्षाकर्मी र अर्का एक कार्यकर्ता घाइते भएका हुन् ।  दुई पक्षीय झडपका क्रममा प्रहरीले हवाई फायर पनि गरेको छ । झडपपछि अधिवेशन स्थगि...

कांग्रेस क्षेत्रीय अधिवेशन : बुटवलमा मतगणनास्थलमा झडप, एकजना घाइते

७ मंसिर,बुटवल । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनका क्रममा गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला रुपन्देहीको बुटवलमा कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनको मतगणना भइरहेको बुटवलको बालमन्दिरमा पार्टीको संस्थापन पक्षका प्रसन्न कोइराला र संस्थापन इतर पक्षका दीर्घबहादुर केसीबीच विवाद हुँदा झडप भएको हो । त्यस क्रममा केसीको अनुहारमा चोट लागेको […]

रुपन्देहीमा संस्थापन समूहबाट फेरि कुटिए पौडेल समूहका कार्यकर्ता

रूपन्देही । नेपाली कांग्रेसको अधिवेशन सुरुभएदेखि नै विभिन्न विवादका घटना हुँदै आएको रुपन्देहीमा फेरि कांग्रेस कार्यकर्ता कुटिएका छन् । गृहमन्त्री बालकृष्ण खाँडको गृहजिल्ला रुपन्देहीमा दिनहुँ कांग्रेस कार्यकर्ताबीच झडप हुन थालेको छ । यसैबीच मंगलबार साँझ रूपन्देहीको क्षेत्र नं २ मा पौडेल समूहका कार्यकर्ता संस्थापन समूहबाट मतगणनास्थलमै कुटिएका हुन् । सोमवार सम्पन्न निर्वाचनको मतगणना भैरहेको र […]