काठमाडौं, भदौ १५ । गवारो रोगको प्रकोपले गर्दा किसानले लगाएको धानबालीमा असर पुगेको छ । रोगको प्रकोप बढ्दै जाँदा धानको गुभो मर्ने र विस्तारै बोट नै मरेर जाने समस्या बढेको किसानहरूले बताएका छन् । रोगको प्रकोप दिनदिनै बढ्दै गए पनि त्यसको उचित व्यवस्थापन र नियन्त्रणका लागि भने सरोकारवाला निकायबाट कुनै पनि पहल हुन सकेको छैन […]