कात्तिक पहिलो साताको वर्षाले तराईतिर धमाधम धान डुबाउन थाल्दा पोखरा क्षेत्रमा भने धान पाकेको पनि थिएन। यहाँ बल्ल धान पाकेर भित्र्याउने चटारो सुरु भएको छ।...
भक्तपुरका किसानलाई यतिखेरि धान भित्र्याउन चटारो छ। एकातिर किसानका घरआँगन, कौसी तथा चोकचोकमा धान सुकाउनेको लर्को लागेको छ भने अर्कोतर्फ कोही खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर ल्याउने कार्यमा व्यस्त छन्।...
काठमाडौं । बर्दियाका किसानलाई धान भित्र्याउन चटारो परेको छ । बर्दियाको बबई र कर्णाली नदीमा आएको बाढीले क्षति पुर्याएको धान भित्र्याउन उनीहरूलाई चटारो परेको हो । तिहार सकिएलगत्तै पाकेको धान भित्र्याउन थालेको राजापुर नगरपालिका–२ का सन्तोष थारूले बताउनुभयो । गेरुवा गाउँपालिका–५ गिदरपुरकी भूमिसरा चलाउने पनि वर्षाले ढलेको र भिजेको धान काटन व्यस्त छिन् । फेरि […]
चीनका विभिन्न प्रान्तमा किसानहरुलाई अहिले धान भित्र्याउने चटारो छ। हुवसियन सहरको योयाङ र मियो अटोनोमस काउन्टीका किसानहरु बुधवार धान भित्र्याउन व्यस्त देखिन्थे। चोङकिङको यो क्षेत्र धान उत्पादनमा प्रख्यात रहेको सिन्ह्वाले जनाएको छ।
म्याग्दी । म्याग्दीको ग्रामीण भेगका किसानहरुलाई अहिले धान भित्र्याउने चटारो छ । जिल्लाका माथिल्लो भेगमा धान, कोदो, मकै, भटमासलगायत बाली भित्र्याउन थालिएको हो । पात्लेखेत, घतान, पुलाचौर, कुहुँ लगायतका स्थानका किसानालाई बाली भित्र्याउने चटारो छ । यसपालि बेलैमा र पर्याप्त बर्षा भएका कारण धान उत्पादन बढेको किसानहरुले जानकारी दिएका छन् । म्याग्दी जिल्लाको कुल खेतीयोग्य […]
काठमाडौं : काठमाडौं उपत्यकामा धान भित्र्याउने चटारो छ यतिखेर। मध्य असोजदेखि कार्तिक सुरुसम्म यहाँ धान भित्र्याइ सकिन्छ।
ललितपुरको खोकनामा पनि किसान यतिबेला धान काट्न व्यस्त छन्। धान काट्दै, चुट्दै, निफन्दै भित्र्याउन अहिले किसान खेतमा बिहानदेखि व्यस्त देखिन्छन्।