काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिकाको आयोजनामा शनिबारेदखि जावलाखेलमा मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु हुँदैछ । जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा ९ देखि १६ बैशाखसम्म चल्ने प्रतियोगितमा पुरुषतर्फ ८ र महिलामा ७ टोलीको सहभागिता रहेको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । प्रतियोगिताको उद्घाटन शनिबार दिउँसो १ बजे ललितपुर महानगरपालिकाका […]