दाहाललाई राजदूतबाट फिर्ता बोलाइयो, राणा र पराजुलीको म्याद थप

काठमाडौं:सरकारले दुई देशका राजदूतको म्याद थप र एक देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। गत आइतबारको मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेको हो ।परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएअनुसार अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ भने जापानका लागि प्रतिभा राणा र ओमानका लागि राजदूत शर्मिला पराजुलीको म्याद थप्ने भएको  छ । दाहाललाई एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपाले २०७६ जेठमा राजदूत बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्क