बाग्मती नदीमा माछा मार्ने क्रममा एकजना डुबेर बेपत्ता

सर्लाही – सोमबार बागमती नदीमा माछा मार्ने क्रममा डुबेर एकजना बेपत्ता भएका छन।  सर्लाहीको बरहथावा नगरपालिका (१, का २३ वर्षका अमिरखाँ सहनी नदीबाट माछा निकाल्ले क्रममा दहमा डुबेर बेपत्ता भएको बरहथवा नगरपालिका–१, का वडा अध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिनुभयो । बागमती नदीले बनाएको दहमा माछा मार्न ग...

सम्बन्धित सामग्री

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

तुलसीपुर ।  राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो । शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा शनिबार बेलुका साढे ४ बजेतिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए । उनको शव […]

नारायणीमा बेपत्ता भिमबहादुरको शव एपीएफले निकाल्यो

पूर्वी नवलपरासी । नारायणी नदीमा डुबेर बेपत्ता भिमबहादुर थापाको शव एपीएफ टोलीले निकालेको छ । बेपत्ता भएका पूर्वी नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका १० पितौजी बस्ने ३५ वर्षीय भिमबहादुर थापाको शव एपीएफ टोलीले बुधवार फेला पारेको हो । बुधवार नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने जानकारी पाउना साथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट एपीएफ टोली तत्कालै उनको खोजी कार्यको लागि खटिएको थियो । एपीएफ टोलीले स्थानीय बोटेहरूको सहयोगमा निज थापाको शव नारायणी नदीबाट बाहिर निकाली स्थानीय प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले बताए ।

माछा मार्न गएका वृद्ध सुनकोशीमा बेपत्ता

७ साउन, सिन्धुपाल्चोक । सुनकोशी नदीमा माछा मार्न जाने क्रममा एक व्यक्ति डुबेर बेपत्ता भएका छन् । सोमबार दिउँसो माछा मार्न सुनकोशी नदीको जुरे नजिकै गएका बाह्रविसे नगरपालिका-२ का ६० वर्षका प्रेमबहादुर तामाङ डुबेर वेपत्ता भएका हुन् । माछा मारेर जिविकोपार्जन गर्दै आएका तामाङ दिउँसो नदीमा माछा मार्न गएका थिए । माछा मार्ने …