नारायणीमा बेपत्ता भिमबहादुरको शव एपीएफले निकाल्यो

पूर्वी नवलपरासी । नारायणी नदीमा डुबेर बेपत्ता भिमबहादुर थापाको शव एपीएफ टोलीले निकालेको छ । बेपत्ता भएका पूर्वी नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका १० पितौजी बस्ने ३५ वर्षीय भिमबहादुर थापाको शव एपीएफ टोलीले बुधवार फेला पारेको हो । बुधवार नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने जानकारी पाउना साथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट एपीएफ टोली तत्कालै उनको खोजी कार्यको लागि खटिएको थियो । एपीएफ टोलीले स्थानीय बोटेहरूको सहयोगमा निज थापाको शव नारायणी नदीबाट बाहिर निकाली स्थानीय प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले बताए ।

सम्बन्धित सामग्री

नारायणीमा बेपत्ता किशोरको शव भेटियो

नारायणी नदीमा पौडी खेल्ने क्रममा सोमबारदेखि बेपत्ता भएका देवचुलीका एक किशोरको शव मंगलबार फेला परेको छ ।

नारायणीमा बेपत्ता भएका दाजुभाइको शव भेटियो

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank