मुलुकका ट्रेड युनियन नेतृत्वले मजदुरलाई सङ्गठित गर्ने र निर्माण भएका कानुन कार्यान्वयनमा सरकार र रोजगारदाता दुवै अनुदार देखिएको भनी गुनासो गर्नुभएको छ । उहाँहरुले नेपाली श्रमिक क्षेत्रले कानुनीरुपमा धेरै उपलब्धि हासिल गरे तापनि व्यवहारिकरुपमा भने झन प्रताडित रहेको प्रतिक्रिया दिनुभयो । नेपाल ट्रेड युनियन कांग्रेका अध्यक्ष पुस्कर आचार्यले शान्तिपूर्ण वार्ता र संवादबाटै मजदुरका हकहितका माग …