नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्किङ क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन्। शुक्रवार भक्तपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिडको महामारीबाट थला परेको व्यावसायिक क्षेत्र बिस्तारै सुधार हुने अवस्थामा रहेको हुँदा अहिले बजारमा देखिएको तरलताको समस्या समाधानको लागि तत्काल पहल लिन नेपाल सरकार तथा नेपाल राष्ट्र बैङ्कलाई आग्रह समेत गरे।