मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । यो वर्गीकरण विश्व स्वास्थ्य संगठनले जारी गर्न सक्ने सबैभन्दा उच्च सतर्कता हो र विश्वभर मंकीपक्सको बिरामीको संख्या बढेपछि यस्तो निर्णय लिइएको हो । मंकीपक्स प्रकोपलाई लिएर विश्व स्वास्थ्य संगठनको आपतकालीन समितिको दोस्रो बैठकको अन्तमा यो निर्णय लिइएको हो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस्ले ७५ देशमा १६,००० भन्दा बढी केसहरू पहिचान भइसकेको र यसबाट हालसम्म पाँच जनाको म