दिलीप महतो भारतको भोपालमा पढ्दै थिए । परिवार उखु खेती गरिरहेको थियो । उखु पेल्ने मेसिन किन्न भारत पुगेका बखत उनका बाबु रामजीवन पसलका दामी जुत्ता देखेर लोभिए । ती जुत्ता किन्न पैसाले पुगेन, मन मारेरै भए पनि छालाका जस्ता देखिने सस्ता जुत्ता भारु २ सय २५ मा किने ।