काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बस्दै छ । आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको नेता कर्णबहादुर थापाले रातोपाटीलाई जानकारी दिए । उनले भने, 'हिजो (शनिबार) साँझ शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो । छलफलपछि आज विहान १० बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।'प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बैठकको एजेण्डाबारे भने कुनै जानकारी नपठाएको उनको भनाइ छ । 'आकस्मिक बैठक भएकाले एजेण्डाबारे केही जानकारी आएको छ