बिहीबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीश बनाउन सिफारिस ग¥यो । सोही बैठकले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई भने सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा सिफारिस गरेको छ । प्रधानन्यायाधीश नै अध्यक्ष हुने व्यवस्था भएको न्याय परिषद्मा कानुनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट सिफारिस कानुन व्यवसायी र नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिबाट सिफा