निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) प्रयोगबारे अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह मतदान मिति घोषणा गरेसँगै आयोगले त्यसको तयारीस्वरुप ईभीएमको प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन गरेको हो ।