सम्बन्धविच्छेद गरेको महिलाले विवाह गर्दा प्राप्त अंश फिर्ता गर्नुपर्ने प्रस्तावमा ओरेकको आपत्ति
नेपाल कानुन आयोगले सम्बन्धविच्छेद गरेका महिलाले पुनः विवाह गरे पूर्वपतिबाट प्राप्त अंश फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्थाको लागि संसोधन प्रस्ताव अघि बढाएकोमा महिला पुर्नस्थापना केन्द्र (ओरेक)ले गम्भीर ध्यानाकर्षण भएको...
सम्बन्धविच्छेद गरेका महिलाले अर्को विवाह गरे पूर्वपतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने नयाँ प्रस्ताव नेपाल कानुन आयोगले अघि सारेपछि त्यसमा विरोध सुरु भएको छ । मुलुकी देवानी संहिता ऐन २०७४ मा संशोधन प्रस्ताव अघि बढाउँदै आयोगले ‘अंश लिई सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा निजले अंशबापत प्राप्त गरेको सम्पत्ति निजको पूर्वपतिका तर्फबाट छोराछोरी भए छोराछोरीले र नभए पूर्वपति वा पूर्वपतिका अंशियारले पाउने’ प्रावधान राखेको हो ।

सम्पत्तिमा महिला र पुरुषको समान हक कायम गर्नुपर्ने कैयौं सवालमा कानुन अद्यावधिक गर्न चासो नदिएको कानुन आयोगले दोस्रो विवाह गर्ने महिलाले अंश फिर्ता गर्नुपर्ने प्रस्ताव अघि बढाएर समाजमा पितृसत्ताको जग कमजोर छैन भन्ने सन्देश दिएको छ ।