सङ्खुवासभा - हिमाली जिल्ला सङ्खुवासभामा यसअघि सामान्य चिसो भए पनि माघ अन्तिम हप्ता भने चिसो बढेको छ ।
बिहीवारदेखि सामान्य वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएपछि चिसो बढेको हो । शुक्रवार र शनिवार सदरमुकाम खाँदबारी आसपासको क्षेत्रमा समेत जनजीवन कष्टकर बनेको छ । चिसोका कारण मानिसहरु प्रभावित बनेका छन् ।
चिसोले बाहिर हिँडडुल गर्न नै समस्या भएको चिचिला गाउँपालिका–१ चिचिलाका स्थानीय ज्येष्ठ नागरिक दिप्तीप्रसाद काफ्लेले बताउनुभयो । उहाँले गर्मी लाग्ने समयमा पानी परेपछि ह्वात्तै चिसो ब...