प्रसव फिस्टुला प्रसूति भएका महिलामा देखिने एउटा स्वास्थ्य समस्या हो। प्रसव व्यथाको अवस्थामा दक्ष स्वास्थ्यकर्मीबाट सही समयमा उपयुक्त सेवा नपाउँदा सुत्केरीमा प्रसव फिस्टुला हुनसक्छ। यसले महिलालाई शारीरिक, मानसिक एवं सामाजिक रूपमा असर गर्छ। सामान्य अवस्थामा योनी मार्गलाई पिसाब थैली र मलद्वार वा मलाशयसँग जोड्ने कुनै प्वाल हुँदैन। योनी मार्गबाट पिसाब थैली वा मलाशय वा दुवैमा […]