काठमाडौं। प्रदेश १ को प्रदेशसभा बैठक असार १ गते सम्मका लागि स्थगित भएको छ। प्रदेश १ सरकारको तर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएपछि बैठक सञ्चालन गरिरहेकी उपसभामुख सरस्वती पोखरेलले बैठक स्थगित गरेकी हुन्। असार १ प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।