सर्वोच्चमा बडादसैँमा पनि मुद्दा सुनुवाइ हुने - NepaliPatra

काठमाडौँ । सर्वोच्च अदालतले बडादसैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले जारी गरेको सूचनाअनुसार आजैदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहनेछ । शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीका रिट […]

सम्बन्धित सामग्री

दशैँमा पनि सर्वोच्चले मुद्दा सुनुवाइ गर्ने

काठमाडौँ : सर्वोच्च अदालतले बडादशैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ।सर्वोच्च अदालतले आज (आइतबार) जारी गरेको सूचनाअनुसार आजैदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहनेछ।शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीका रिट निवेदन दर्ता तथा सनुवाइ गर्न अदालत खुला रहनेछ। अदालतले ती दिनमा न्याय सम्पादनका लागि न्यायाधीशहरुको पनि व्यवस्था गरिसकेको जनाएको छ।

संवैधानिक पदाधिकारीविरुद्धको सुनुवाइ फेरि पनि स्थगित

काठमाडौं : ओली सरकारको पालामा नियुक्त संवैधानिक निकायका पदाधिकारीविरुद्धको सर्वोच्च अदालतमा विचाराधीन मुद्दा माथिको सुनुवाइ फेरि स्थगित भएको छ।कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलासको नेतृत्व गरी यी मुद्दा सुनुवाइ गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न गरेका थिए। त्यसपछि सुनुवाइ स्थगित भएको हो।विपक्षी बनाइएका संवैधानिक निकायका ५२ जना पदाधिकारीका बिषयमा कानून व्यवसायीले प्रश्न उठाएपछि बुधबारको सुनुवाइ पनि स्थगित भएको हो।बुधबार विपक्षी बनाइएका संवैधानिक पदाधिकारीका कानून व्यवस

विशेष अदालतमा थुनुवाको मात्रै मुद्दा सुनुवाइ हुने

कोरोना महामारी बढेपछि विशेष अदालतले सेवामा कटौती गरेको छ । सर्वोच्च अदालतको फुलकोर्टले केही सेवा कटौती गर्ने निर्णय गरेको भोलिपल्ट बुधबार विशेष अदालतले पनि सेवामा संकुचन ल्याउने निर्णय गरेको हो । विशेष अदालतले अब थुनुवाबाहेकका मुद्दा सुनुवाइ रोक्ने निर्णय गरेको छ । संक्रमणको जोखिम कम भएपछि मात्र सबै मुद्दामा सुनुवाइ थाल्ने विशेष अदालतले जनाएको छ । विशेष अदालतका अनुसार थुनुवा भएका मुद्दाहरूको सुनुवाइ भर्चुअल माध्यमबाट हुनेछ । आरोपपत्र÷अभियोगपत्र दर्ता, आरोपपत्र÷अभियोगपत्र साथ उपस्थित गराइएका अभियु...

विशेष अदालतमा थुनुवाको मात्रै मुद्दा सुनुवाइ हुने

काठमाडौं । कोरोना महामारी बढेपछि विशेष अदालतले सेवामा कटौती गरेको छ । सर्वोच्च अदालतको फुलकोर्टले केही सेवा कटौती गर्ने निर्णय गरेको भोलिपल्ट बुधबार विशेष अदालतले पनि सेवामा संकुचन ल्याउने निर्णय गरेको हो । विशेष अदालतले अब थुनुवाबाहेकका मुद्दा सुनुवाइ रोक्ने निर्णय गरेको छ । संक्रमणको जोखिम कम भएपछि मात्र सबै मुद्दामा सुनुवाइ थाल्ने विशेष अदालतले […] The post विशेष अदालतमा थुनुवाको मात्रै मुद्दा सुनुवाइ हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानन्यायाधीश राणाले हेरे ६ वटा मुद्दा

सर्वोच्च अदालतमा बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ६ वटा मुद्दाको सुनुवाइ गरेका छन् । खाजा समय अगाडि ६ वटा मुद्दा सुनुवाइ गरेर बाहिरिएका थिए । प्रधानन्यायाधीश राणाले ६ वटा संयुक्त र तीनवटा एकल गरी नौवटा इजलास गठन गरेका थिए । सर्वोच्चमा उपस्थित अन्य न्यायाधीशले भने बन्दी प्रत्यक्षीकरणसम्बन्धी आठवटा मुद्दा हेरेका थिए । प्रधानन्यायाधीश राणाले बिहीबारका लागि १ सय ७७ वटा मुद्दा सुनुवाइका लागि तोकेका थिए । न्यायाधीशहरू अदालत सुरु हुनेबित्तिकै छलफलमा जुटेपछि बिहीबार पनि सयौं मुद्दा प्रभावित बन्न पुग्यो । प्रधानन्यायाध...

मुद्दा सुनुवाइ नगरेको भन्दै पीडितद्वारा सर्वोच्चअगाडि नाराबाजी

काठमाडौं, कार्तिक २४ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबारबाट सबै प्रकृतिका मुद्दाको सुनुवाइका लागि पेसी तोकेका छन् । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आएका न्यायाधीशहरूलाई इजलास फर्काउनका लागि १५ कात्तिकदेखि बन्दी प्रत्यक्षीकरण रिट मात्रै पेसी तोकिँदै आएकोमा मंगलबारबाट भने नियमित प्रक्रियाका सबै मुद्दा पेसी सूचीमा राखिएको थियो । न्यायालयलाई विवादमा मुछ्ने काम गरेको भन्दै सर्वोच्चका न्यायाधीश […]

बारको बहिष्कारपछि प्रधानन्यायाधीश जबराले पनि हेरेनन् मुद्दा

काठमाडौँ– नेपाल बार एसोसिएसनको बहिष्कारका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले समेत आइतबार मुद्दा सुनुवाइ गर्न सकेनन् । न्यायाधीश र नेपाल बारको विरोधका बाबजुद बुधबार इजलासमा बसेर मुद्दा सुनुवाइ गरेका जबराको इजलासमा कुनै पनि कानुन व्यवसायी बहसका लागि उपस्थित नभएपछि उनको इजलासमा पनि मुद्दा सुनुवाइ हुन नसकेको हो । ‘उहाँले आफ्नो एकल इजलास र अर्को एउटा संयुक्त […]

वकिल र न्यायाधीश आन्दोलनमा, बन्दीका चार मुद्दा आज पनि अलपत्र

काठमाडौँ– सर्वोच्च अदालतमा झन्डै एक सातादेखि अवरुद्ध मुद्दा सुनुवाइ आज पनि ठप्प भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका १९ न्यायाधीश र नेपाल बार एसोसिएसन विरोधमा उत्रिएका कारण सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणका मुद्दासमेत अलपत्र परेका छन् । आन्दोलनरत न्यायाधीशहरूले आइतबारबाट बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गर्ने बताए पनि ११:३० बजेसम्म बन्दीका रिट सुनुवाइ गर्न न्यायाधीशहरू […]

विशेष अदालत करिब एक महिनादेखि अध्यक्षविहीन, दैनिक मुद्दा सुनुवाइ नै प्रभावित

काठमाडौँः नेतृत्वविहीन भएको तीन साता पूरा भए पनि विशेष अदालतमा अझै अध्यक्ष सिफारिस हुन सकेको छैन। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले हठात रुपमा तत्कालीन अध्यक्ष प्रेमराज कार्कीलाई सरुवा गरेका थिए। साउन १ गते कार्कीको सरुवा भए पनि अध्यक्ष सिफारिस भएको छैन। अध्यक्ष नहुँदा विशेष अदालतको नियमित इजलास गठन र दैनिक मुद्दा सुनुवाइ…

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य नियमित प्रक्रियाका मुद्दा हेर्न छाडेपछि गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित हुने भएका छन् । जनजीवनसँग प्रत्यक्ष असर पार्ने र गम्भीर मानवअधिकार उल्लंघनसम्बन्धी कुनै मुद्दा सर्वोच्च अदालतमा पुगेमा दर्ता नहुने स्थिति छ । गत १४ वैशाखमा सर्वोच्चको पूर्ण बैठक नियमित प्रक्रियाका कुनै पनि मुद्दा नहेर्ने निर्णय गरेसँगै नागरिक अधिकारमाथि गम्भीर खेलवाड भएको कानुनविद्को भ...