दूरबिन विधिद्वारा ब्रेन ट्युमरको जटिल शल्यक्रिया

पश्चिमका तीन प्रदेशका बिरामीले राम्रो स्वास्थ्य उपचार पाउने प्रमुख हब बन्दै गएको नेपालगन्जमा पहिलो पटक नाकको प्वालमार्फत दूरबिन विधिद्वारा पिट्युटरी ब्रेन ट्युमरको शल्यक्रिया गरिएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक जटिल खालको पिट्युटरी ब्रेन ट्युमरको अत्याधुनिक प्रविधिको प्रयोग गरी नाकको प्वालमा दूरबिन छिराएर शल्यक्रिया गरिएको हो । अस्पतालमा न्युरो सर्जन डा. सुबोध गौतम आएपछि अहिले न्युरोसम्बन्धी जटिल रोगको उपचारसमेत हुन थालेको अस्पतालले जनाएको छ ।