काठमाडाैं : प्रदेश नं १ सरकारले भाषा, कला तथा संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने स्रष्टालाई आज सम्मान गरेकाे छ। पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा आयोजित स्रष्टा सम्मान २०७८/७९ कार्यक्रममा प्रदेशद्वारा छनोट गरिएका ३७ जनालाई नगद र कदरपत्रसहित सम्मान गरिएको हो।बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति सम्मानको राशि रु. एक लाख, प्रदेश भाषा, साहित्य, कला र संस्कृति सम्मानको राशि रु ५० हजार तथा नवोदित भाषा, कला, साहित्य, कला र संस्कृतिको सम्मानको राशि रु २५ हजार र सम्मानपत्र र