काठमाण्डाै - भारतमा पहिलो पटक पुष्टि भएको सङ्क्रामक भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको छ ।
बेलायतको पब्लिक हेल्थ इङ्ग्ल्याण्डले गरेको अध्ययनले सङ्क्रामक भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप प्रभावकारी देखाएको हो ।
खोपको दुई मात्रा लगाएपछिको प्रभावकारिता बेलायतमा देखिएको कोरोना भाइरसको भेरियन्टमा जस्तै भारतमा देखिएको भेरियन्टमा पनि पाइएको बेलायती स्वास्थ्य अधिकारीले बताएका बीबीसीले जनाएको छ ।
खोपको पहिलो डोज मात्र लगाएकामा भने तीन हप्तापछि ३३ प्रतिशत प्रभावकारी द...